कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

संसद् विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा कलंकीमा आइतबार साँझ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।नेविसंघकी महामन्त्री उर्मिला थपलियाको नेतृत्वमा मसाल जुलुस र पुत्ला दहन गरिएको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेर तितरबितर पारेको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेकी थिइन् । भण्डारी र ओलीको कदमको विरोधमा कांग्रेस, माओवादी केन्द्र, एमाले, जसपा, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।


प्रकाशित : जेष्ठ ९, २०७८ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्