१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फूल फुलेका बेला निषेधाज्ञा लागेपछि... [तस्बिरहरु]

शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नागार्जुन नगरपालिका, इचँगुका अधिकांश किसान फूलखेतीमा आश्रित छन् । अघिल्लो पटक लकडाउनमा सबै किसानले फूल खेर फाल्नु परेको थियो । यसपटक पनि फूल त्यसै फल्नुपर्ने हो कि भनेर किसानहरु पिरोलिएका छन् ।

माइली तामाङ भन्छिन्, 'आफ्नो जग्गा थोरै छ । एक रोपनी जग्गा भाडामा लिएर काम गरिरहेका छौं । सबै काम खेताला लगाएर गर्नुपर्छ । गोड्नुपर्‍यो, मल हाल्नुपर्‍यो ।' अघिल्लो वर्ष लकडाउनमा २–३ लाख घाटा भएको उनी बताउँछिन् । यसपटक निषेधाज्ञा सुरु भएपछि फेरि चिन्तित छन्, माइली जस्तै अरु फूल खेती गर्ने किसानहरू ।

माइली निषेधाज्ञा हुनुभन्दा अगाडि इचँगुनारायणबाट आफै गाडी चढेर फूल लिएर सधैं बजार जान्थिन् । असन, इन्द्रचोक, मछिन्द्रबहालसम्म पुग्थिन् । अहिले उनी त्यसरी हिँड्न पाउँदिनन् । यसैले उनका फूल लिएर श्रीमान् हिँडेरै असनसम्म जान्छन् । त्यहाँ लगेर लोकल व्यपारीलाई फूल दिन्छन् । निषेधाज्ञा हुनु माइली । अहिले उनका श्रीमान् दिन बिराएर पैदलै बजार जान्छन् ।

अर्की फूल किसान दिलमाया श्रेष्ठ ४३, २० वर्षदेखि फूल खेती गरिरहेको बताउँछिन् । उनी भन्छिन्, 'अघिल्लो वर्ष लकडाउनले गर्दा २ लाखको फूल फाल्नुपर्‍यो यसपालि पनि त्यस्तै हुने हो कि भन्ने डर छ ।' उनका दुई छोरा छन् । 'श्रीमान् ज्यामी काम गर्नु हुन्थ्यो । आजभोलि काम पनि छैन । यस्तै हो भने के खाएर बाँच्ने हो' श्रेष्ठले भनिन् ।

उनका फूल पशुपतिका व्यfपारीले लैजाने गरेका छन् । दुई रोपनी जग्गामा उनले फूल खेती गरिरहेकी छन् । जसमा एक रोपनी जग्गा भाडामा लिएबापत वार्षिक २० हजार तिर्दै आएकी छन् ।


प्रकाशित : जेष्ठ २, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्