बालाजुमा अक्सिजन सिलिन्डर भर्नेको भीड [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न निकै भीड लाग्न थालेको छ। कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ ।

अक्सिजन अभाव चर्किंदै गएपछि मानिसहरु आफै फ्याक्ट्री गेटसम्म धाउन बाध्य भएका छन । खाली सिलिन्डर भरिएर कतिखेर आउने होला भनेर निराश मुद्रामा बसेका भेटिन्छन् ।

अक्सिजन भर्न आउनेको भीड बढेसँगै प्रहरी परिचालन गरिएको छ। पछिल्लो समय धेरै कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने र अक्सिजन दिनुपर्ने अवस्था देखिएको छ ।

प्रकाशित : वैशाख ३१, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्