कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

आमाको मुख हेर्ने दिन सुनसान मातातीर्थ (तस्बिरहरू)

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञामा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ औँसी मेला प्रभावित भएको छ । निषेधाज्ञाकै कारण मातातीर्थ मेला पनि स्थगित गरिएको छ ।

कुण्ड परिसरमा सुरक्षाकर्मी खटाइएका छन् । यहाँका केही स्थानीयले भने गेट बाहिरैबाट पूजाआजा गरेका छन् । केही स्थानीयवासीले मातातीर्थमा पुगेर आमाको प्रतीमामा पूजा गरेका थिए ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी)का दिन यहाँ मेला लाग्ने गर्छ ।

प्रकाशित : वैशाख २८, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्