१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रतिनिधिसभाको बैठक सुरु [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि प्रतिनिधिसभाको बैठकमा सुरु भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मत लिने क्रममा सबै प्रक्रिया आजै टुंग्याउने सहमति भएको हो । प्रतिनिधिसभामा शीर्ष दलका नेताहरु आइसकेका छन् । संसद् सचिवालयका अनुसार कोभिड संक्रमित सांसदलाई छुट्टै हलमा मतदानको व्यवस्था मिलाइएको छ । दलीय आधारमा छुट्याइएको बढीमा २ घण्टाको समयमा सत्ता र प्रतिपक्ष सांसदहरूले मन्तव्य राख्ने सहमति कार्यव्यवस्था बैठकमा भएको छ । प्रधानमन्त्री ओलीको अनुरोधमा विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाइएको हो ।


प्रकाशित : वैशाख २७, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्