२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अक्सिजन सिलिन्डर कतिबेला भरिएर आउने हो ? [तस्बिरहरू]

अक्सिजन लिन फ्याक्ट्रीमै
तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बालाजु औद्याेगिक क्षेत्रमा रहेको अक्सिजन उधोगमा अक्सिजन भर्न सवारीसाधन र सर्वसाधारण लाइनमा बस्न थालेका छन् । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । अक्सिजन अभाव चर्किँदै गएपछि मानिसहरु आफै फ्याक्ट्री गेटसम्म धाउन बाध्य भएका छन । खाली सिलिन्डर भरिएर कतिखेर आउने होला भनेर निराश मुद्रामा बसेका भेटिन्छन् । अहिले अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको छ ।


प्रकाशित : वैशाख २४, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्