२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विशेष अधिवेशनअघि सांसदहरूको पीसीआर परीक्षण थालियो [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रतिनिधिसभाको विशेष अधिवेशन नजिकिँदै गर्दा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गर्न थालिएको छ । कोरोना संक्रमण दिनहुँ बढिरहँदा बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने नेताहरूसँगै पत्रकारहरूको पीसीआर जाँचका लागि स्वाब संकलन सुरु गरेको हो ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बुधबार बिहानसम्म सभामुख अग्नि सापकोटा, एमाले नेता माधवकुमार नेपाल, योगेश भट्टराईलगायतले स्वाब नमुना दिएका छन् ।

मन्त्रिपरिषद्को गत आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । आइतबारकै मन्त्रिपरिषद् बैठकमा उनले संसद्‌मा विश्वासको मत लिने जानकारी गराएका थिए ।


प्रकाशित : वैशाख २२, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्