कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भक्तपुरमा कलेजमा बनाइयो १०० बेडको आइसोलेसन सेन्टर [तस्बिरहरु]

शब्द/ तस्बिर : अंगद ढकाल

भक्तपुर — भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाइएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै १०० बेड आइसोलेसन सेन्टर बनाएको हो । कलेजका कर्मचारीका अनुसार अहिले एउटा हलमा ४३ बेड राखिएको छ भने बाँकी ५७ बेड तयारी अवस्थामा छ । आइसोलेसन बेडमा बिरामीलाई आहिने सबै सानीटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ । स्थानीय सरकारको र कलेजको सहयोगमा आइसोलेसन सेन्टर बनाइएको हो ।


प्रकाशित : वैशाख १८, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्