कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

निषेधाज्ञाले रोकेन मजदुरी [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — आज मे १ अर्थात् मजदुर दिवस । श्रमिक, मजदुरहरूको दिवस भए पनि मजदुरी गरेर छाक टार्नेलाई दिवसले के छुन्थ्यो । कोरोनाको त्रासका कारण देशका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ । सबै कामकाज मात्र नभएर मानव आवतजावत नै ठप्प भइरहेका बेलामा पनि गुजाराका लागि दिनदिनै मजदुरी गर्नेपर्ने बाध्यता भएकालाई निषेधाज्ञाले के रोक्थ्यो ! बाहिरतिर कोरोना संक्रमणको त्रास भइरहे पनि भवन निर्माण, सडक निर्माण, खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्नेहरू निषेधाज्ञाका बेलामा पनि डरलाई बिर्सेर काममा खटिन बाध्य छन् ।


प्रकाशित : वैशाख १८, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्