निषेधाज्ञाले रोकेन मजदुरी [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — आज मे १ अर्थात् मजदुर दिवस । श्रमिक, मजदुरहरूको दिवस भए पनि मजदुरी गरेर छाक टार्नेलाई दिवसले के छुन्थ्यो । कोरोनाको त्रासका कारण देशका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ । सबै कामकाज मात्र नभएर मानव आवतजावत नै ठप्प भइरहेका बेलामा पनि गुजाराका लागि दिनदिनै मजदुरी गर्नेपर्ने बाध्यता भएकालाई निषेधाज्ञाले के रोक्थ्यो ! बाहिरतिर कोरोना संक्रमणको त्रास भइरहे पनि भवन निर्माण, सडक निर्माण, खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्नेहरू निषेधाज्ञाका बेलामा पनि डरलाई बिर्सेर काममा खटिन बाध्य छन् ।


प्रकाशित : वैशाख १८, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुरप्रसाद पौडेलको शनिबार ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचापका कारण ब्रेन ह्यामरेज भएपछि उपचारका क्रममा पशुपति आर्यघाटमा रहेका उनको वैद्य अस्पतालमा निधन भएको हो ।

वि.सं. २००१ असारमा खोटाङ हलेसी सल्ले गाउँमा जन्मिएका पौडेलले संस्कृत व्याकरणमा आचार्य गरेका थिए ।

प्राध्यापन पेसामा संलग्न उनी नेपाली कांग्रेस पार्टीबाट २०४८ देखि ०५४ सम्म राष्ट्रिय सभाका सांसद र त्यसपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष थिए । जनआन्दोलन २०६२/६३ को राजनीतिक परिवर्तनपछि संस्कृत विश्वविद्यालयका उपकुलपति भएका थिए ।

अविवाहित पौडेलका दार्शनिक तथा धार्मिक लेखहरूको संग्रह ‘पुख्र्यौली’ प्रकाशित रहेको उनका भतिज परमेश्वर पौडेलले जनाएका छन् । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रकाशित : वैशाख १८, २०७८ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×