१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उपत्यकामा पानी परेपछि‍‍‍‍‍... [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौं उपत्यकासहित देशका विभिन्‍न स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक/दुई स्थानहरुमा अपरान्ह मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षा भएको हो । वर्षासँगै केही ठाउँमा हल्का असिना समेत परेको विभागले बताएको छ । पानीपछि उपत्यकाका बटुवाहरुले केहीबेर तितरबितर भए ।

यद्यपि कोरोना भाइरस नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरिएकोले पैदलयात्री र सवारी साधनको चाप थिएन । पानीसँगै आकाश धुम्म परेको छ । पानी परेका बेला हाम्रा फोटो पत्रकार दीपक केसीले काठमाडौंको बानेश्वर क्षेत्रको दृश्य क्यामेरामा कैद गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बिहान बुलेटिन जारी गरेको थियो । बिहीबार राति पनि तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहने र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित : वैशाख १६, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्