कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनभर गाडी पर्खाइमा काठमाडौं उपत्यका छाड्नेहरु [तस्बिरहरु]

अनिश रेग्मी

काठमाडौँ — कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणा भएदेखि नै सर्वसाधारणहरु गाउँघर फर्कने क्रम तीव्र बनेको छ । सोमबार, मंगलबार, बुधबार काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्कमा घर जानेहरुको लाइन झिसमिसेदेखि नै लागेको थियो । एक्कासी जिल्लाहरुमा फर्कने यात्रुको संख्या बढेपछि सवारी साधनले पनि ओसारी नसक्नु देखिन्थे । बुधबार घर हिँडेकाहरु बिहान, दिउँसोसम्ममा हजारौं गए पनि कतिपय नागरिक त बेलुकीसम्मै गाडीको पर्खाइमा बसपार्कमा घुइँचो थियो ।

विभिन्‍न जिल्ला हिँडेका उनीहरुले गाडी कम भएको र जिल्लाबाट फर्किएपछि राति भने पनि घर जाने तयारी रहेको बताए । झोला, पोका पन्तुरा बोकेका सर्वासाधारणहरु कोही घर जान उत्साहित त, कोही थाकेर बसपार्कमै यत्रतत्र बसिरहेका थिए । उनीहरु गाडीको व्यग्र प्रतिक्षामा थिए । नयाँ बसपार्कको दृश्य हाम्रा फोटो पत्रकारहरु अनिश रेग्मी, प्रकाश तिमिल्सिनाले क्यामरामा कैद गरेका छन् ।


प्रकाशित : वैशाख १५, २०७८ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

समता गुठीलाई सनराइजको ३ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — सनराइज बैंकले समता शैक्षिक गुठीलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गुठीलाई उक्त सहयोग गरेको जानकारी दिएको छ ।

बुधबार एक समारोहबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले गुठीका निर्देशक दीपक सन्जेललाई उक्त रकमको चेक हस्तान्तरण गरिन् ।

प्रकाशित : वैशाख १५, २०७८ २१:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×