२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

दिनभर गाडी पर्खाइमा काठमाडौं उपत्यका छाड्नेहरु [तस्बिरहरु]

अनिश रेग्मी

काठमाडौँ — कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणा भएदेखि नै सर्वसाधारणहरु गाउँघर फर्कने क्रम तीव्र बनेको छ । सोमबार, मंगलबार, बुधबार काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्कमा घर जानेहरुको लाइन झिसमिसेदेखि नै लागेको थियो । एक्कासी जिल्लाहरुमा फर्कने यात्रुको संख्या बढेपछि सवारी साधनले पनि ओसारी नसक्नु देखिन्थे । बुधबार घर हिँडेकाहरु बिहान, दिउँसोसम्ममा हजारौं गए पनि कतिपय नागरिक त बेलुकीसम्मै गाडीको पर्खाइमा बसपार्कमा घुइँचो थियो ।

विभिन्‍न जिल्ला हिँडेका उनीहरुले गाडी कम भएको र जिल्लाबाट फर्किएपछि राति भने पनि घर जाने तयारी रहेको बताए । झोला, पोका पन्तुरा बोकेका सर्वासाधारणहरु कोही घर जान उत्साहित त, कोही थाकेर बसपार्कमै यत्रतत्र बसिरहेका थिए । उनीहरु गाडीको व्यग्र प्रतिक्षामा थिए । नयाँ बसपार्कको दृश्य हाम्रा फोटो पत्रकारहरु अनिश रेग्मी, प्रकाश तिमिल्सिनाले क्यामरामा कैद गरेका छन् ।


प्रकाशित : वैशाख १५, २०७८ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्