कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञाअघि नै घर पुग्‍ने चटारो [तस्बिरहरू]

तस्बिर : अनिस रेग्मी, तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लाग्ने भएपछि बालाजुस्थित नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायत ठाउँमा घर फर्कनेको भीड बढेको छ । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।

सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै काठमाडौंमा बस्दै आएकाहरू घर फर्कन थालेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै मंगलबार बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।


प्रकाशित : वैशाख १४, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

मकवानपुरमा प्रशासनको सेवा बारअनुसार 

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै अब बारअनुसार नागरिकलाई सेवा प्रदान गर्ने भएको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा सेवाग्राहीहरुको चाप बढेकाले बारअनुसार जिल्लाको १० वटै स्थानीय तहका नागरिकलाई सेवा दिने तयारी गरेको हो ।

मंगलबारबाट प्रशासनले बारअनुसार सेवा प्रदान गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । उनले सेवाग्राहीलाई असहजता भएपनि संक्रमणबाट बच्नुपर्ने पहिलो दायित्व भएकोले बार अनुसार सेवा दिने व्यवस्था मिलाएको जनाए ।

नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी बनाउन प्रशासनले तोकेको बारमा सम्बन्धित स्थानीय तहका नागरिकले सेवा लिन पाउने छन् । थाहा नगरपालिका, राक्सिराङ, कैलाश र इन्द्रसरोबर गाउँपालिकाका नागरिकले आइतबार र सोमबार सेवा लिन पाउने गर्तौलाले जानकारी दिए ।

मंगलबार र बुधबार वाग्मती, बकैया, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका नागरिकले सेवा पाउने छन् । हेटौंडा र मनहरी गाउँपालिकाका नागरिकलाई सेवा दिने व्यवस्था बिहीबार र शुक्रबारलाई मिलाइएको प्रवक्ता गार्तौलाले बताए ।

प्रकाशित : वैशाख १४, २०७८ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×