कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कोरोना खोप लगाउन बिहानैदेखि लाइन [तस्बिरहरू]

तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौंका विभिन्न अस्पतालमा कोरोना भाइरसविरुरद्धको खोप लगाउन भीड लागेको छ । सोमबारदेखि १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ । उनीहरुलाई चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना खोप ‘भेरोसेल’ लगाउन लागिएको हो ।

खोपका लागि सर्वसाधारणहरु लामो लाइन बस्न बाध्य छन् । थापाथलीस्थित परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पतालमा सोमबार खोप लगाउनेको लामो लाइन लागेको छ ।

१० बजेदेखि खोप लगाउने भए पनि बिहान ६ बजेदेखि नै मानिसहरु लाइन बस्न थालेका थिए । प्रसूति अस्पतालमा लाइन बसेकाहरूले छेवैमा रहेको शौचालयको गन्धले लाइनमा उभिन गाह्रो भएको गुनासो गरेका थिए ।

नेपालमा माघ १४ गतेदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा, भारतबाटै खरिद गरिएको १० लाख, भारतीय सेनाबाट सहयोगस्वरूप प्राप्त १ लाख र कोभाक्स सुविधाको पहिलो चरणअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी २४ लाख ४८ हजार मात्रा भित्रिएको छ । यस्तै, चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी), सिनोफार्मअन्तर्गत उत्पादित भेरो सेल ८ लाख मात्रा अनुदानमा प्राप्त भएको छ । हालसम्म देशभर करिब २० लाख जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।


प्रकाशित : वैशाख १३, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्