२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रधानमन्त्री ओलीले गरे धरहरा उद्घाटन [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नवर्निर्मित धरहराको उद्घाटन गरेका छन् । शनिबार एक समारोहका बीच नवर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको अनावरण गरेर प्रधानमन्त्रीले धरहराको उद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पवृष्टि गरेका थिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते 'मेरो धरहरा मै बनाउँछु' अभियानको घोषणा गरेका थिए । २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको नवर्निर्मित धरहराको प्रधानमन्त्री ओलीबाट नै उद्घाटन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा नवनिर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । धरहराको २२ औं तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंग राखिएको छ ।

९० सालको भूकम्पले क्षति पुऱ्याएपछि ११ तले धरहरा ९ तलामा सिमिति भएको थियो । त्यसपछि ९ तलामा नै सिमिति राखेर पुनर्निर्माण गरिएको थियो । तर अहिलेको धरहरा बाहिरबाट देखिँदा ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिनमुनि २ तला बनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्रामस्थल सहितको बगैंचाको हुनेछ भने संक्षित ऐतिहासिक सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङको पनि व्यवस्था छ ।


प्रकाशित : वैशाख ११, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्