१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सरकारको आदेशविपरीत खेलकुद महासंघको भेला [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भीडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन जारी गरेकै भोलिपल्ट नेपाल खेलकुद महासंघले मंगलबार राष्ट्रिय सभागृहमा कार्यकर्ता भेला गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सोमबार वैशाख महिनाभरिका लागि सभा सम्मेलन, शैक्षिक संस्था र अन्य भीडभाड हुने गतिविधि रोक लगाएको थियो । सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाइने भन्दै सरकारले काठमाडौंमा विवाह र भोजमा समेत सोही मापदण्ड लागू गर्न सूचना निकालेको थियो । तर, सरकारमा सहभागी दलको भातृ संगठनले नै त्यसको बेवास्ता गर्दै सयौंका संख्यामा कार्यकता भेला गरेको थियो ।

प्रधानमन्त्री पनि सहभागी हुने भनेर कार्यक्रमस्थल वरीपरी बोड राखिए पनि अन्तिम समयमा प्रधानमन्त्री भने उपस्थित भएनन् । भेलामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको बेवास्ता गरेको देखिएको थियो ।


प्रकाशित : वैशाख ७, २०७८ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्