२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

म्यान्मार नरसंहारविरुद्ध माइतीघरमा डुंगा [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — म्यान्मार नरसंहारको विरोध गर्दै कलाकार रविन्द्र श्रेष्ठले आइतबार माइतीघर मण्डलामा डुंगासहितको प्रतिस्थापन कला प्रस्तुत गरेका छन् । भाषा–संस्कृति र भौगोलिक रुपमा देश फरक भएपनि मानवताको सवालमा मानिसहरु कहीँ न कहीँ एक अर्कासँग जोडिएका हुने भन्दै डुंगा प्रतिस्थापन गरेका हुन् । औंठाछाप कला र गुलाबसहितको डुंगामा बटुवाहरुले सन्देहरु लेखेर श्रद्धाञ्जाली अर्पण गरेका थिए ।

'मानव हुनुको नाताले मानवतासँग जोडिएका विषयमा सबैको चासो हुन्छ । संसारको कुनै पनि कुनामा हुने मानवता विरोधी कुकृत्यको विरोधमा हामी उभिन्छौं ।' कलाकार श्रेष्ठले भने । लोकतन्त्रको पुन:बहालीको माग गर्दै म्यान्मारमा मारिएका नागरिकहरुलाई सम्झन खोजेको उनले बताए । म्यान्मारको नरसंहार चाँडै रोकियोस् भन्दै मानवताको पक्षपोषण गर्दै कला प्रस्तुत गरेको उनले बताए ।


प्रकाशित : वैशाख ५, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्