कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जलमग्‍न पाटन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — ललितपुरको पाटन दरबार क्षेत्रमा शुक्रबार दिउँसो पानी परेपछि जलमग्‍न भएको छ । पानी परेसँगै पाटन र दरबार परिसर क्षेत्रमा भेल बगेको थियो । मेघगर्जनसहितको करिब एक घण्टाको भारी वर्षामा हल्का असिना पनि परेको थियो । ललितपुरको लगनखेल, सुन्धारा लगायतका ठाउँबाट एक्कासि पानीको भेलसँगै ढल बगेपछि मंगलबजारसहित पाटन दरबार परिसर केहीबेर जलमग्‍न बनेको थियो । ढलसहितको भेलले दरबार परिसर जलमग्‍न भएपछि सर्वसाधारणहरुलाई आवतजावतमा कठिनाइ भएको थियो । पाटनको मंगलबजार क्षेत्रमा ढलको व्यवस्थापन नहुँदा बर्खायाममा केही समय पानी पर्ने बित्तिकै सडक जलमग्‍न हुने गर्दछ ।


प्रकाशित : वैशाख ३, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्