कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

३७ वर्षपछि घर फर्काइएको वासुदेव-कमलाजाको मूर्ति सार्वजनिक [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — पाटन, पट्को टोलस्थित नारायण मन्दिरबाट ३७ वर्षअघि चोरिएर अमेरिका पुर्‍याइएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) मूर्ति लामो खोज–अनुसन्धान र कूटनीतिक प्रयत्नपछि घर फर्किएको छ । सोमबार नेपाल आइपुगेको उक्त मूर्ति बिहीबार पुरातत्व विभागमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

गत वर्ष मात्रै यो मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा आएपछि चोरीको नेपाली सम्पदाबारे सरोकार बढ्दै गएर म्युजियमले मूर्ति फर्काएको हो । डल्लास म्युजियमले गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन(एफबीआई)मा बुझाएको थियो । त्यसपछि एफबीआईले उक्त मूर्ति वासिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । उक्त मूर्तिलाई केही दिनमै पाटन, पट्को टोलको नारायण मन्दिरमै स्थापना गरिनेछ ।

प्रकाशित : वैशाख ३, २०७८ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्