कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘जस्टिस फर खैरे’

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — दुई साताअघि काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा एक कुकुर मारियो । दुई जना पुरुषले बिजुलीको पोलमा बाँधेर एउटा कुकुरलाई फलामको रड र कोदालोले हिर्काएर मारे। मर्ने कुकुरको नाम 'खैरे' थियो । सामाजिक सञ्‍जालमा सो भिडियो भाइरल भयो।

भिडियो भाइरल भएसँगै कुकुर मारिएको घटनाको विरोधमा पशुअधिकारकर्मीहरुले बुधबार माइतीघरमा कुकुरसहित विरोध प्रदर्शन गरेका छन्। उनीहरुले कुकुर मार्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

प्रदर्शनकारीहरुले 'जस्टिस फर खैरे', 'एनिमल्स लाइफ म्याटर्स', 'पशुलाई घृणा होइन करुणा', 'गल्ती भए मार्नुको के विकल्प नै छैन ? कुट्नु-पिट्नु घिसार्नुको विकल्प नै छैन ?' सहितका ब्यानर प्रदर्शन गरेका थिए ।

प्रकाशित : वैशाख १, २०७८ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्