२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

राैनक पाहाँ चह्रेको [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडाैंको असनमा नेवार समुदायको महत्त्वपूर्ण पर्व पाहाँ चह्रे (पिशाच चतुर्दशी) सोमबार सम्पन्न भएको छ । लगातार तीनदिनसम्म चल्ने यो पर्वको समापनमा विभिन्न रंगका खट जुघाउने परम्परा छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीमा मल्लकालीन विभिन्न टोलमा जमिनमुनि पुरिराखेको लुकुमाद्य: (लुकिराखेको महादेव) लाई खोस्रिएर बाहिर निकाली पूजा गरिन्छ । त्यसकै वरिपरि व्रतबन्ध नगरेका किशाेर र इही (बेलविवाह) नगरिएका किशोरीरूलाई भात खुवाइन्छ । लुकुमाद्य:को प्रसादका रूपमा त्यसरी भात खुवाउन दिएमा किशोरकिशोरीलाई रोगव्याधिले छुन सक्दैन भन्ने जनविश्वास छ ।

चाडमा विवाह भइसकेका चेलीबेटी, आफन्त साथीभाइलाई पाहुना गर्ने चलन छ । ३२ टोलका ज्यापू समुदायले मरजा: (तान्त्रिक विधिपूर्वक पकाइएको भात) खुवाउने गरिन्छ । अन्तिम दिन कंकेश्वरी, भद्रकाली (रातो) र भद्रकाली (नीलो) को खट जुघाउने परम्परा छ । त्यस्तै राति श्वेतकाली देवीको नाच प्रदर्शन गरिन्छ ।


प्रकाशित : चैत्र ३०, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्