कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो देखियो टुँडिखेलमा घोडेजात्रा [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडाैं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–काैशल प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो । यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर सांकेतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिइएको हो ।


प्रकाशित : चैत्र २९, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : पौडेल

रासस

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीविरुद्ध राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताएका छन् । 

कांग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भने, 'आज त्यही प्रणाली जोगाउने प्रमुख सबाल हो, त्यसका लागि सबैले प्रयत्न गर्नुपर्छ ।' उनले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण भएकाले सत्ताका लागि भन्दा व्यवस्थाका लागि बढी चिन्ता गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रको नेतृत्व गर्ने पार्टी चाहिएको भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन आवश्यक रहेकोमा जोड दिए । कांग्रेसले जे बोल्छ त्यसो बोल्दा जनतामा भ्रम पर्न नहुने उनको भनाइ थियो । 'कांग्रेसलाई व्यक्ति पूजा गर्ने प्रवृत्तिबाट पनि बचाउनु छ, कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्नेछ,' पौडेलले भने ।

प्रकाशित : चैत्र २९, २०७७ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×