१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शिवपुरी जंगलमा डढेलो, निभाउने प्रयास जारी [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — शिवपुरी–नागार्जुन जंगलमा बिहानदेखि भीषण डढेलो लागेको छ । डढेलो निभाउन सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारी लगायत खटिएका छन् । जंगलको डढेलो निभाउन सेनाकाे दमकलका साथै हेलिकप्टरको प्रयोग गरिएको छ । सैनिक मुख्यालयका अनुसार सेनाका तीनवटा दमकल डढेलो नियन्त्रणका लागि पठाइएकाे र डढेलो लगभग नियन्त्रणमा रहेको छ । स्थानीयका अनुसार आइतबार बिहानदेखि डढेलो लागेको हाे । माथिल्लो जंगली भेगमा लागेको डढेलो नियन्त्रणमा आउन लागे पनि अहिले डढेलो फेंदतिर रहेका बस्तीतिर सर्दै छ । डढेलो नियन्त्रणको प्रयास जारी छ ।


प्रकाशित : चैत्र २९, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्