१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

म्यान्मारका नागरिकको जीवन रक्षाका लागि बौद्धमा दीप प्रज्वलन [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — म्यान्मारमा सैनिक सरकारको दमनविरुद्ध र त्यहाँका नागरिकहरुको जीवन रक्षाका लागि बौद्धमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ ।

त्यहाँको लोकतन्त्रको बहालीको मागसहित मानव अधिकार शान्ति समाजले मैनबत्ती हातमा लिएर बौद्धमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।म्यान्मार सेनाले ‘कु’ मार्फत सत्ता हत्याउँदै सर्वसाधारणमाथि दिनहुँ अत्याचार र दमन गरिरहेको प्रजातन्त्रको पुनर्वहाली र नरसंहार रोक्न माग गर्दै प्रदर्शन गरिएको थियो ।

पछिल्ला दिनमा म्यान्मारमा सेनाले प्रदर्शनकारीमाथि बर्बर दमन गरिरहेको छ । फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि अहिलेसम्म ५०० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् ।


प्रकाशित : चैत्र २५, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्