कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै घटेन प्रदूषण [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चैत १३ गतेदेखि सुरु भएको वायु प्रदूषण अझै हटेको छैन । चैत १८ गते मुलुकका केही ठाउँमा पानी परेपछि घट्दै गएको वायु प्रदूषण फेरि बढेको छ । चैतको दोस्रो सातादेखि मुलुकका अधिकांश वनमा डढेलो लागेका कारण वायुको गुणस्तर खस्किएको हो ।

मंगलबार दिउँसो रत्नपार्कबाट देखिएको भद्रकालीतर्फको दृश्य

आईक्यू एअरका अनुसार मंगलबार दिउँसो काठमाडौं विश्वका ९४ सहरमध्ये प्रदूषणका हिसाबले पहिलो नम्बरमा छ । प्रदूषित सहरको सूचीमा भारतको ढाका दिल्ली दोस्रो, पाकिस्तानको लाहोर तेस्रो, बंगलादेशको ढाका चौथो र भारतको मुम्बई पाँचौँ स्थानमा रहेको छ ।

मंगलबार दिउँसो बागबजारको दृश्य

मंगलबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०८ सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भएकामा ‘घातक’ भनेको छ ।

तुवाँलोले ढाकेको सुन्धारा क्षेत्रको दृश्य

प्रि–मनसुनको समय भए पनि पानी पार्ने प्रणाली नभित्रिँदा केही दिनयता सुक्खा बढेर डढेलो लाग्ने क्रम बढेको छ । चैत १८ गतेको वर्षाले केही ठाउँका डढेलो निभाए पनि पुन: मुलुकका विभिन्न ठाउँमा आगलागी भइरहेको छ ।

अरनिको राजमार्गअन्तर्गत जडिबुटी-लोकन्थली खण्ड

कोटेश्वर

सिंहदरबार


प्रकाशित : चैत्र २४, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्