कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बिस्का जात्रा पूजामा सीमित हुने भएपछि प्रदर्शन [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

भक्तपुर — ‍भक्तपुरमा मनाइने बिस्का जात्रा (बिस्केट जात्रा) यसपटक पूजामा सीमित हुने भएपछि स्थानीयले विरोध गरेका छन् । सोमबार ङातापोल (पाँचतले मन्दिर) चोकमा उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसिहत प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले 'हाम्रो बिस्का हाम्रो सान हो', 'नेवा चाड देशको आर्थिक मेरुदण्ड हो', 'नेवा एकता जिन्दावाद', 'हाम्रो जात्रा हामीलाई प्राणभन्दा प्यारो छ' लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।

भारतका विभिन्न प्रान्तहरुमा कोरोना संक्रमण फैलिरहँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै आइतबार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)का पदाधिकारीहरुको बैठकले पूजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्‍ने र लिंगो ठड्याउने काम नगर्ने निर्णय लिएको थियो ।

यस्तै डीसीसीएमसी बैठकले नयाँ वर्ष २०७८ का अवसरमा हुने पूजा, पाठ, सप्ताह र पिकनिकजस्ता कार्यक्रमहरु पनि सीमित संख्यामा कोभिडको मापदण्ड पालना गरेरमात्र गर्न/गराउन अनुरोध गर्ने निर्णय गरेको हाे ।अत्यधिक भीडभाड हुने जिब्रो छेड्ने तथा सिन्दुर जात्रा नगर्न र कोरोनाबाट बच्‍न जनचेतनामूलक कार्यक्रम गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्डहरु उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्नेसमेत निर्णय गरेको छ ।


प्रकाशित : चैत्र २३, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्