२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रदूषणले ढाक्यो काठमाडौंको आकाश [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी, तस्बिर : दिपेन्द्र रोक्का, तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । गत पुस महिनापछि शुक्रबार फेरि विश्वका ९४ सहरमध्ये काठमाडौं पहिलो प्रदूषित सहर हुन पुगेको छ । 

काठमाडौंको स्वयम्भूनाथ

वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् । केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ । 

सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्युआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ ।  एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । 

विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।

मुलुकका धेरै स्थानमा एकैपटक डढेलो लागेको र लामो समयदेखिको खडेरीका कारण वायुमण्डलमा प्रदूषण बढ्न गएको हो । बिहीबार एकैदिन ४७९ स्थानमा डढेलो लागेको थियो । डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले काठमाडौंको वरिपरीका सबै जिल्लामा डढेलो लागेको र पश्चिमबाट बगेको वायुले सोहोरेर काठमाडौं ल्याएकाले प्रदूषण बढेको बताए । 

हलचोकबाट देखिएको दृश्य

काठमाडौंको हलचोकस्थित राखिएको पिङ खेल्दै युवती । पृष्ठभागमा तुँवालोमय वातावरण ।

काठमाडौंको थापाथलीबाट देखिएको दृश्य


प्रकाशित : चैत्र १३, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्