२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सबै भाषालाई कामकाजको भाषा बनाउन माग गर्दै मातृभाषा मार्च [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सबै मातृभाषालाई कामकाजको भाषा बनाउन माग गर्दै ललितपुरको पाटनमा मातृभाषा मार्च गरिएको छ । मार्च पुल्चोक हुँदै पाटन मन्दिर परिसर पुगेर सभामा परिणत भएको थियो । बृहत् नागरिक आन्दोलन, भाषिक अधिकार संघर्ष समिति, आदिवासी जनजाती महासंघ, नेवा:देय् दबूया संयोजन् थीथी खल: लगायतको सहभागितामा संयुक्त मार्च गरिएकाे हो । मार्चमा सहभागीले 'मेरो भाषा सबथोक हो', 'मेरो गरिमा, मेरो पहिचान, मेरो जीवन–मेरो मातृभाषा', 'भाषामाथिको दमन अन्त्य गर', मातृभाषा नकार्नु जीवन,ज्ञान, संस्कृति र समुदाय नकार्नु हो', 'के मेरो भाषा 'भाषाजस्तो' सुनिदैन ?' लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित प्रस्तुत भएका थिए ।


प्रकाशित : फाल्गुन २८, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्