कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिटनेस सप्रिना [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — ललितपुरको झम्सिखेलमा रहेको द पम्प फिटनेस सेन्टरकी सञ्चालक हुन् सप्रिना श्रेष्ठ । उनको दैनिक १२ घण्टाभन्दा बढी समय ट्रेनिङ दिँदै बित्छ । उनले सय केजीको टायर फिल्प गरिरहेको देख्ने जो कोही छक्क पर्छन् । सन् २०१६ देखि फिटनेस सेन्टरमा आबद्ध उनी नैरश्यताबाट बाहिर आउनका व्यायाम सुरु गरेको बताइन् । व्यायामले मानसिक र शारीरिक रुपमा बलियो बनाउने उनले बताइन् । आमालाई गुमाएपछि उनले फिटनेसमा समय बिताउन थालेको बताइन् । सन २०१८ मा स्ट्रिट वर्क आउटकी विजेता उनी हरेक उमेरका महिलाहरुले आफू स्वस्थ हुनका लागि पनि व्यायाम गर्नुपर्ने बताउँछिन् ।


प्रकाशित : फाल्गुन २४, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेमा एमालेको कार्यालय सञ्चालन

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेमा साविक एमालेको कार्यालय सञ्चालनमा ल्याइएको छ । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको फैसला गरेपछि एमालेको नाममा पार्टी कार्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताले एमालेको साइनबोर्ड राखेर सञ्चालनमा ल्याएका हुन् । ओली पक्षका जिल्ला अध्यक्ष अशोककुमार व्यान्जु श्रेष्ठ, जिल्ला कमिटीका सदस्य, युवा, विद्यार्थी नेता कार्यकर्ताको उपस्थितिमा साविक कार्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रतिनिधिसभा विघटनको विषयमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष विभाजित भएपछि साविक एमालेको उक्त कार्यालय ओली समूहका नेता कार्यकर्ताले अर्को ताला थपेर कब्जामा लिएका थिए ।

एकतापछि बनेका जिल्ला अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा दाहाल -नेपाल समूहमा छन् । ओली पक्षले साविक एमालेका उपाध्यक्ष अशोककुमार व्यान्जु श्रेष्ठलाई अध्यक्ष बनाएर सांगठनिक गतिविधि गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७७ १५:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×