कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सभामुख सापकोटा र नेकपा अध्यक्ष दाहालले लगाए कोरोना खोप [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिन सुरु गरेको छ । बुधबार बिहान १० बजेदेखि काठमाडौंको सिभिल अस्पतालमा सांसदहरूलाई खोप लगाइँदै छ ।

सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, दाहाल-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, सांसद पूर्णाकुमारी सुवेदीलगायतले सुरुमै खोप लगाएका छन् ।त्यस क्रममा दाहालले उपयुक्त देखिएका सबैलाई खोप लगाउन अपिल गरेका थिए ।

खोप लगाउने कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि उपस्थित थिए । संघीय संसद् सचिवालयले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारसँग सहकार्य गरेर सांसद र संसद् भवनभित्र प्रवेश गर्ने कर्मचारी र मर्यादापालकलाई समेत खोपको लगाउने व्यवस्था मिलाएको छ ।

संघीय संसद् सचिवालय सिंहदरबारका स्वास्थ्य इकाइ प्रमुख डा. पुष्पराज रिजालका अनुसार सांसद, कार्यव्यवस्थामा रहेका अधिकारी र मर्यादापालक एवं कर्मचारी गरेर करिब एक हजार ४ सयभन्दा बढीका लागि खोप व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका झन्डै ३ सय ३० सांसद, १ सय ३० भन्दा बढी मर्यादापालक र संसद् भवनमा प्रवेश गर्ने अन्य कर्मचारीसहितलाई खोप लगाउने कार्यक्रम छ ।


प्रकाशित : फाल्गुन १९, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्