कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खोरसोरमा छावाको छुनु र मुनु [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — खोरसोरमा हात्ती प्रजनन केन्द्र छ । संरक्षण कार्यका लागि गस्ती र अनुसन्धान गर्न हात्ती आवश्यक पर्छ । आवश्यक हात्ती देशमै जन्माउने र हुर्काउने अनि उमेर भएपछि तालिम दिएर काममा लगाउने उद्देश्यले सरकारले प्रजनन केन्द्रको स्थापना गरेको हो ।

२०४२ सालमा प्रजनन् केन्द्र खुलेपछि ५० भन्दा धेरै छावा(हात्तीका बच्चा) जन्मेर हुर्केका छन् । प्रजनन केन्द्रमा अहिले पनि नौवटा छावा छन् ।

छावा निष्फिक्री दौडने, खेल्ने गर्दछन् । आमाको पछि लागेर जंगलमा चर्न पनि जान्छन् । सौराहादेखि प्रजनन केन्द्र नजिकै पनि छ । सौराहा डुल्न आउने पर्यटक खोरसोरको हात्ती प्रजनन् केन्द्रमा पनि जाने गर्छन् । त्यहाँ रहेका ठूला हात्तीभन्दा छावाका चकचक र चुलबुल हेरेर पर्यटक रमाउने गर्दछन् । अहिले केन्द्रमा रहेका नौमध्ये आठवटा छावा भाले हुन् । तस्बिरहरु : रमेशकुमार पौडेल/कान्तिपुर ।


प्रकाशित : फाल्गुन १७, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्