कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

महानगर कार्यालयअगाडि उभिएर अभियन्ताले भने– ‘कंक्रिटको कमल चाहिँदैन’ [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — बालाजु बाइपासमा सडक विस्तारका क्रममा स्थानीयका घर भत्काइनुका साथै कमलपोखरीमा कंक्रिट संरचना बनाइएको विरोधमा आइतबार काठमाडौं महानगरपालिकामा धर्ना दिइएको छ ।

बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूका प्रतिनिधि सहभागी थिए ।विकासका नाममा जारी प्रतिगमनको प्रतिरोधमा धर्ना आयोजना गरिएको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

गत शुक्रबार उनीहरुले कमल पोखरीमा बनाइएको कंक्रिट संरचना भत्काइदिएका थिए। काठमाडौं महानगरपालिकाले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै बृहत् नागरिक आन्दोलनले माइतीघरदेखि मार्चपास गरेको थियो ।

कमलपोखरीको निर्माण कार्य रोकी मौलिक स्वरूपकै पोखरी बनाउनुपर्ने उनीहरुको माग छ ।


प्रकाशित : फाल्गुन १६, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्