साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको खुसियालीमा मंगलबार माइतीघरमा दिपावली गरेर खुसियाली मनाउँदै । तस्बिर :हेमन्त श्रेष्ठ

प्रतिनिधिसभा पुन:स्थापनाको खुसियालीमा नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा बुधबार निकालेको विजय जुलुसमा आफ्नो अनुहारमा नेकपाको चिन्ह पोतेर जुलुसमा सहभागी एक महिला । तस्बिर: अंगद ढकाल

नेपाल सरकारले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइतबार एयर इन्डिया दिल्लीको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि । तस्बिर : अंगद ढकाल

कमलपोखरी पुन:निर्माणका क्रममा कंक्रिटको प्रयोगको विरोधमा शुक्रबार नागरिक समाजले गरेको आन्दोलनमा प्रहरी हस्तक्षेप गर्दै । तस्बिर : संजोग मानन्धर

मकवानपुरस्थित इन्द्र सरोवर घुम्न आएका आन्तरिक पर्यटकहरु डुगांमा चडेर तस्बिर खिच्दै । कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञापछि विस्तारै आन्तरिक पर्यटकहरु बढिरहेको स्थानीयहरु बताउछन् । तस्बिर :दिपेन्द्र रोक्का

मूलपानी नजिकै रहेको मनोहराखोलामा सामान बोकेको मोटरसाइकल खोलाबाट तर्दै । सो क्षेत्र आसपास पुल नहुँदा सर्वसाधरणहरु यसरी नै आवतजावत गर्न बाध्य छन् । तस्बिर : दिपक केसी

थानकोट भिमफेदी जोड्ने सुरुङ मार्गको काम गर्दै कामदारहरु । तस्बिर: इलिट जोशी


प्रकाशित : फाल्गुन १५, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्