नागरिक अभियन्ताले भत्काए कमलपोखरीको बीचमा बनाइएको कंक्रिट [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरपालिकाले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै बृहत् नागरिक आन्दोलनले मार्चपास गरेको छ ।

सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवा: दे: दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलमा विरोध प्रदर्शनपछि कमल पोखरीसम्म मार्चपास गरेका थिए ।

कमलपोखरीको निर्माण कार्य रोकी मौलिक स्वरूपकै पोखरी बनाउनुपर्ने उनीहरुको माग छ । उनीहरुले कमलपोखरी पुनर्निर्माणका क्रममा पोखरीको बीच भागमा बनाइएको कंक्रिट संरचना भत्काएका थिए । उक्त संरचना भत्काउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । विभिन्न समूहको मार्चपास कमलपोखरी पुगेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रानिपोखरीबाट पाठ नसिकेको भन्दै सम्पदा र पर्यावरणप्रति सचेत नागरिकले कमलपोखरीको संरक्षणका लागि महानगरलाई दबाब दिनुपर्ने अभियन्ताको भनाइ छ ।


प्रकाशित : फाल्गुन १४, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्