१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रतिनिधिसभा पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको ‘विजय जुलुस’ [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभा पुन:स्थापनाको खुसियालीमा नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा ‘विजय जुलुस’ निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि मंगलबार साँझ दीपावली गरेको उक्त समूहले बुधबार जुलुस निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि नै उक्त समूहले संसद् पुन:स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

बुधबार आयोजित जुलुसका सहभागीले ‘सर्वोच्च अदालत हाई–हाई, यो जित कस्को जनताको, जनताको एकता जिन्दावाद, नागरिक समाज धन्यवाद, वीर सहिदहरू लाल–सलामजस्ता नारा लगाएका छन् । शान्तिवाटिकाबाट सुरु भएको जुलुस जमलबाट घण्टाघर हुँदै राष्ट्रिय सभागृहअगाडि पुगेर सभामा परिणत हुनेछ ।


प्रकाशित : फाल्गुन १२, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्