कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन [तस्बिरहरु]

तस्बिर : अनिस रेग्मी, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडाैंको शान्तिवाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले दीप प्रज्ज्वलन गरेका हुन् । यस्तै, रत्नपार्कको शान्ति वाटिकामा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ ।


प्रकाशित : फाल्गुन ११, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्