साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । सुकेका पातहरु बोरामा राखेर घर फर्कदै पर्सा हरपुरका बालिकाहरु । यसरी सुकेका पातहरु साँझ परेपछि लामखुट्टे तथा किरा फट्याङ्रा धपाउनको लागि घर वरिपरी उनीहरु बाल्ने गर्छन् । तस्बिर: अंगद ढकाल

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको विजेता टोली ससस्त्र प्रहरी क्लबका खेलाडीहरु लिगको अन्तिम दिन दशरथ रंगशालामा सेल्फी खिचेर खुसीयाली मनाउँदै । कूल सात टिमको सहभागी रहेको सो प्रतियोगितामा सबै १२ खेल जितेर ३६ अंकका साथ एपीएफ विजयी भएको थियो । तस्बिर : हेमन्त श्रेष्ठ

बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा सांकेतिक प्रदर्शन गर्दै पद्मकन्या क्याम्पसका विद्यार्थीहरु । तस्बिर : केशव थापा

संसद् विघटनको विरोधमा नेकपा दाहाल नेपाल तर्फको अनेरास्वीयूले आर आर कलेज प्रर्दशनीमार्ग अगाडी टायर बालेर गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दै । तस्बिर: प्रकाशचन्द्र तिमल्सेना

श्रीपञ्चमीका दिन स्वयम्भूस्थित सरस्वती मन्दिरको भित्तामा चकले लेख्दै एक बालक । सो दिन बालबालिकाहरुलाई अक्षर शुभारम्भ गर्ने चलन रहेको छ । तस्बिर : संजोग मानन्धर

ललितपुरको बुंगमतीमा भिरालो जग्गामा प्लटिङ गर्न एक्जाभेटरले सम्याउँदै । सरकारले तीन वर्षदेखि रोक लगाएको कित्ताकाट भदौ १६ गते खुलेसँगै गत साउनदेखि चैत्र सम्ममात्र करिब ६ लाख कित्ता काट भएको छ । तस्बिर :अनिश रेग्मी

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको टुँडिखेल वरपर मार्च पासमा सहभागीहरु नारा लगाउँदै । रत्नपार्क शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै महांकाल मन्दिरमा पुगेर सभामा परिणत भएको थियो । तस्बिर: अंगद ढकाल

प्रकाशित : फाल्गुन ८, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्