३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बृहत् नागरिक आन्दोलनको टुँडिखेल मार्च [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको टुँडिखेल वरपर मार्च पास गरेको छ । 'जनाताको हो टुँडिखेल', 'नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ' लगायतका विभन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरु मार्च पासमा सहभागी छन् । टुँडिखेलको गेटमा ताला लगाइएको र भित्र सेना परिचालन गरिएकाे हुँदा रत्नपार्कबाट सुरु मार्च पास आर्मी अस्पताल अघि सभामा परिणत भएको छ ।

नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा सुरु गरेको आन्दोलनमा विभिन्न समूहले ऐक्यबद्धता जनाउँदै आएका छन् । आन्दोलनअन्तर्गत सिंहदरबार महिला मार्च, टीयू मार्चलगायतका कार्यक्रम आयोजना भएका छन् । समूहले शुक्रबार टुँडिखेल मार्च आयोजना गर्दै घोषणापत्र जारी गर्दैछ।


प्रकाशित : फाल्गुन ७, २०७७ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्