१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राष्ट्रपतिबाट वसन्त श्रवण [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा मंगलबार बिहान वसन्त श्रवण गरी टीका तथा प्रसाद ग्रहण गरेकी छिन् ।

उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्‍नि सापकोटाको समेत उपस्थिति थियो ।सो अवसरमा सबैले वसन्त श्रवण गरी टीका, माला र प्रसाद ग्रहण गरेका थिए । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रही आएको छ ।

तस्बिरहरू : प्रधानमन्त्रीको निजी सचिवालय


प्रकाशित : फाल्गुन ४, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्