कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाइयो श्रीपञ्चमी [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — वाणी तथा विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना गर्दै मंगलबार मुलुकभर श्रीपञ्चमी मनाइएको छ । यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

यसैगरी वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

काठमाडाैं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो ।

ऋतु विज्ञानअनुसार चैत र वैशाखलाई शुद्ध वसन्त ऋतु मानिएको छ । तर पनि वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रूख तथा बिरुवाहरूमा नयाँनयाँ पालुवाहरू देखिने, मानिसहरूको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुको भन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत प्रमुदित रूप धारण गर्‍यो कि भन्ने भान पर्ने हुनाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानी वासन्तोत्सव गर्ने पनि परम्परा छ । यही कारणले गर्दा यस पर्वको अर्को नाम 'वसन्त पञ्चमी' रहेको हो ।


प्रकाशित : फाल्गुन ४, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्

संसद् भवनमा भएको ‘बलात्कार प्रकरण’मा अस्ट्रेलियाका प्रधानमन्त्रीले मागे माफी

एजेन्सी

सिड्नी — अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पूर्वराजनीतिक सल्लाहकार ब्रिटानी हिगिन्ससँग माफी मागेका छन् । हिगिन्सले अस्ट्रेलियाको संसद् भवनमा सहकर्मीबाटै आफू बलात्कृत भएको आरोप लगाएकी थिइन् ।

प्रधानमन्त्री मोरिसनले हिगिन्ससँग माफी माग्दै घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् । हिगिन्सले सन् २०१९ को मार्चमा रक्षामन्त्री लिन्डा रेनोल्ड्सको कार्यालयमा आफूमाथि हिंसा भएको बताएकी छिन् । दोषीको नाम नखुलाए पनि प्रधानमन्त्री मोरिसनको सत्तारुढ लिबरल पार्टीकै सदस्य भएको उनको आरोप छ ।

सोमबार स्थानीय टेलिभिजलाई अन्तवार्ता दिँदै उनले भनिन्, ‘मैले २०१९ को अप्रिलमै प्रहरीलाई यस बारेमा कुराकानी गरेकी थिएँ । तर मैले आफ्नो जागिरको चिन्ताले पहिले कार्यालयमा नै यसबारेमा जानकारी दिने सोचेँ । मलाई डर थियो, कतै मेरो जागिर त जाँदैन भन्ने ।’

उनले उक्त घटनाका बारेमा रक्षामन्त्रीलाई जानकारी पनि भएको बताइन् । रेनोल्ड्सले पनि सोमबार यसबारेमा प्रतिक्रिया दिँदै घटनाबारे आफूलाई जानकारी भए पनि प्रहरीकहाँ उजुरी गर वा नगर भनेर कुनै दबाब नदिएको बताएकी छिन् ।

प्रधानमन्त्री मोरिसनले घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै भनेका छन्, ‘पहिलो कुरा त यस्तो घटना हुनै हुँदैनथ्यो । म त्यसका लागि माफी माग्न चाहन्छुु । हामी महिलाहरु कार्यस्थलमा सुरक्षित भन्ने सुनिश्चित गर्न चाहन्छौं । त्यसका साथै सिस्टममाथि भरोसा होस भन्ने पनि हो । आजको दिनमा पनि एक महिलाले यस्तो अवस्थाको सामना गर्नुपऱ्यो, यो निकै दु:खद कुरा हो ।’

प्रकाशित : फाल्गुन ४, २०७७ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही फोटोफिचरबाट
×