कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बलात्कार र हत्याको विरोधमा विद्यार्थीको प्रदर्शन [तस्बिरहरु]

केशव थापा

काठमाडौँ — बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा शनिबार पनि काठमाडाैंमा प्रदर्शन गरिएको छ । पद्मकन्या क्याम्पसका विद्यार्थी बागबजारदेखि माइतीघरसम्म विरोध जुलुसमा सहभागी थिए । जुलुसमा उनीहरुले कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेका थिए । यसका साथै उनीहरु अनुहारमा र‌ंग समेत पोतेर प्रस्तुत भएका थिए । उनीहरुले 'महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?', 'एम आई द नेक्स्ट ?', 'कहिलेसम्म योनीमा मृत्यु बाेकेर हिँड्ने ?' लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।


प्रकाशित : फाल्गुन १, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्