३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बैतडीकी भागरथीको सम्झनामा काठमाडौंमा दीप प्रज्ज्वलन [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारबाही गर्न भन्दै विद्यार्थीहरुले दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले १२ कक्षामा अध्ययनरत भट्टलाई सम्झँदै कीर्तिपुरको नयाँ बजार र घडी भवन, स्ववियू कार्यालय अगाडि दिप प्रज्वलन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति र विद्यार्थीको समूह(डब्लुएफए)ले भागरथी भट्टका हत्यारा पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै यी दुई ठाउँमा दिप प्रज्वलन गरेका हुन् । यसका साथै महिला हिंसाका अन्य घटनाको न्यायिक प्रक्रियामा कोही कसैले प्रभावित नगरुन भन्दै उनीहरुले विभिन्न किसिमका नारा लेखिएका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।


प्रकाशित : माघ २७, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्