फोटोफिचर

बैतडीकी भागरथीको सम्झनामा काठमाडौंमा दीप प्रज्ज्वलन [तस्बिरहरु]

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारबाही गर्न भन्दै विद्यार्थीहरुले दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले १२ कक्षामा अध्ययनरत भट्टलाई सम्झँदै कीर्तिपुरको नयाँ बजार र घडी भवन, स्ववियू कार्यालय अगाडि दिप प्रज्वलन गरेका हुन् ।

माघ २६, २०७७

मौसम खुलेपछि घ्याम्पे डाँडाबाट यस्तो देखियो हिमश्रृंखला [तस्बिरहरु]

सोमबार उपत्यकाको मौसम केही खुलेपछि भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको आसपासको हिम श्रृंखलाहरु । पश्चिम न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका उच्च पहाडी र हिमाली भागमा शनिबार हिमपातसहित वर्षा भएको थियो । सामान्यतया काठमाडौं उपत्यकाबाट हिमालचुली, लाङटाङ, दोर्जेलाक्पा, गणेश, गौरिशंकर लगायतका हिमालहरु देखिने गरेका छन् ।

विश्‍व कीर्तिमानी आरोही टोलीलाई पोखरामा नागरिक अभिनन्दन [तस्बिरहरू]

हिउँदमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा यहाँका नागरिकले टोलीको भव्य स्वागत गरे ।

माघ २५, २०७७

पानी घटाइएपछिको फेवाताल [तस्बिरहरु]

बाँध मर्मतका लागि फेवातालमा पानीको सतह घटाइएपछि किनार हिलाम्मे भएको छ । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था थियो । २०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो । त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एकसय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन ।

माघ २४, २०७७

साताका ७ तस्बिर

यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिर । दाहाल -नेपाल समूहको नेकपाले बिहीबार आयोजना गरेको आम हड्तालका क्रममा ग्वार्कोमा सवारी साधन सञ्चालनमा अवरोध गर्दै कार्यकर्ताहरु । तस्बिर:इलिट जोशी

उपत्यकामा हिउँदे वर्षापछि... (तस्बिरहरु)

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्‍न ठाउँमा वर्षा र हिमपात भएको छ । बिहीबारदेखि नै मौसममा बदलाव आएको थियो । उपत्यकाका आसपासका डाँडा फूलचोकी, चन्द्रगिरि, नगरकोटलगायत स्थानमा पनि हिउँ परेको छ । वर्षा र हिमपातले चिसो बढेको छ । लामो खडेरीपछि शुक्रबार देशका विभिन्न भागमा हिमपातसहित हिउँदे वर्षा भएको थियो ।

उपत्यका आसपासका डाँडामा हिमपात [तस्बिरहरु]

उपत्यका आसपासका डाँडामा शनिबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाड तथा डाँडाहरुमा हल्का हिउँ परेको हो । फूलचोकी, चन्द्रागिरि,नगरकोट, शिवपुरी लगायतका डाँडामा हिउँ परेको हो ।

संसद्‌ विघटनको विरोधमा टुँडिखेल घेराउ [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनका विरुद्ध पेशाकर्मी तथा श्रमजीवीहरुले काठमाडौंसहित विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा मानवसाङ्लो बनाइ टुँडिखेल घेराउ गरिएको थियो । अन्य जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।

टुटल र पठाओको विरोधमा ट्याक्सी व्यवसायीको प्रदर्शन [तस्बिरहरु]

गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै शनिबार काठमाडौंमा ट्याक्सी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले शनिबार काठमाडाैंको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्ड देखाइएको थियो ।