१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मौसम खुलेपछि घ्याम्पे डाँडाबाट यस्तो देखियो हिमश्रृंखला [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सोमबार उपत्यकाको मौसम केही खुलेपछि भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको आसपासको हिम श्रृंखलाहरु । पश्चिम न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका उच्च पहाडी र हिमाली भागमा शनिबार हिमपातसहित वर्षा भएको थियो । सामान्यतया काठमाडौं उपत्यकाबाट हिमालचुली, लाङटाङ, दोर्जेलाक्पा, गणेश, गौरिशंकर लगायतका हिमालहरु देखिने गरेका छन् ।

काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरि, फूलचोकीसहित नगरकोट क्षेत्रमा शनिबार हिउँ परेको थियो । जल तथा मौसम पुर्वानुमान महाशाखाले सोमबारदेखि मौसममा सुधार आउने अनुमान गरेको थियो । सहरीक्षेत्रमा हल्का तुँवालो भएपनि पनि सोमबार बिहान उपत्यकाको डाँडाहरुबाट हिमालहरु छर्लङ्गै देखिएको छ ।


प्रकाशित : माघ २६, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्