२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

संसद्‌ विघटनको विरोधमा टुँडिखेल घेराउ [तस्बिरहरु]

तस्बिरः कविन अधिकारी

काठमाडौँ — प्रतिनिधिसभा विघटनका विरुद्ध पेशाकर्मी तथा श्रमजीवीहरुले काठमाडौंसहित विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा मानवसाङ्लो बनाइ टुँडिखेल घेराउ गरिएको थियो । अन्य जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।

प्रदर्शनकारीले 'प्रतिनिधिसभा पुनर्बहाली गर', 'वर्तमान सरकारको उपहार, महँगी, कुशासन, भ्रष्टाचार', 'आम नागरिकलाई यथाशीघ्र नि:शुल्क खोप वितरण गर', 'पेशाकर्मीलाई बनायो आहत, महामारीमा पनि दिएन राहत', 'मानव अधिकार रक्षा गर', 'महिला हिंसा र बलात्कार-अकर्मण्य यो सरकार' जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर शनिबार बिहान १२ देखि साढे १२ बजेसम्म मौन प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्नेमा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल सांस्कृतिक संघ लगायत डेढ दर्जन संस्थाहरुको सहभागिता थियो ।


प्रकाशित : माघ २४, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्