कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक प्रदर्शन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले शनिबार काठमाडाैंको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्ड देखाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा प्रदर्शन भइरहेका छन् । हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् ।


प्रकाशित : माघ २४, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्