१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

माइतीघरमा विवेकशीलले भन्यो- 'नेपाल खुला छ'

तस्बिर : केशव थापा

काठमाडौँ — विवेकशील साझा र विवेकशील पार्टीले माइतीघरमा बन्दको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले 'नेपाल खुला छ, बन्दको विकल्प खोजौं', 'लोकतन्त्रको रक्षा गरौं' , 'लोकतन्त्र नमार, संविधान नमार,बन्दको विकल्प खोजौं' लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

विवेकशील साझाका मिलन पाण्डेले सरकार आफैंले लेखेको संविधानलाई कुल्चेर अघि बढेको र त्यसको विरोधमा दलहरुले गरेको बन्द दुवै जनताको लागि हितकारी नभएकाले विरोधमा उत्रनु परेको बताए । विवेकशील साझा पार्टिले माइतीघर मण्डलामा ९ बजे देखि १० बजेसम्म प्रदर्शन गरेको थियो भने विवेकशील पार्टीले साढे १० बजदेखि साढे ११ बजेसमम प्रदर्शन गरेको थियो।

यसैबीच, विवेकशील साझा पार्टीले सरकारले संसदीय सुनुवाइबिना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोभन्दै आपत्ति प्रकट गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति निकाल्दै संसद् विघटन गरी मुलुकलाई ठुलो अस्थिरतातर्फ धकेलेको केपी ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको उक्त नियुक्ति संविधानमाथिको फेरी अर्को घातक प्रहार भएको जनाएका छन् ।


प्रकाशित : माघ २२, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्