२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रतिनिधिसभा विघटनविरुद्ध ‘अहिंसात्मक नागरिक प्रदर्शन’ [तस्बिरहरु]

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी, नारायण वाग्लेको अगुवाइमा राजधानीको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुको र्‍याली माइतीघर हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

नागरिक प्रदर्शनलाई सरकारले बारम्बार अवरोध र धरपकड जारी राखे पनि अभियन्ताहरु मौलिक शैलीका आन्दोलनमा सक्रिय छन् । संवैधानिक निकायमा सरकारले एकलौटी हिसाबले गरेको नियुक्तिको खारेजीको माग पनि उनीहरुले राखेका थिए।


प्रकाशित : माघ १७, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्