यसरी गरियो सहिदहरुको सम्झना [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — सहिद दिवसका अवसरमा शुक्रबार काठमाडौंमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सरकारले दिवसलाई विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट प्रभातफेरी गरिएको हो । सहिदको सम्मानमा सेना र प्रहरीले पनि मार्चपास गरेका छन् । सहिदका तस्बिर अंकित बग्गीसहित शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म मार्चपास गरिएको हो ।

त्यसलगत्तै सोही स्थानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित भई सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि सहभागी थिए ।

प्रजातन्त्र प्राप्तिका लागि लडेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई १९९७ सालमा राणाशासकले हत्या गरेको दिनको सम्झनामा हरेक वर्ष सहिद दिवस मनाइने गरेको छ ।


प्रकाशित : माघ १६, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्