कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु ।भारत सरकारले अनुदानमा दिएको कोरोना खोप ‘कोभिसिल्ड’ बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएपछि पश्चात रेफ्रिजेरेटर भ्यानमा राखिदै । तस्बिरः अंगद ढकाल

ललितपुरस्थित एक इँटा उद्योगमा काँचो इँटा सुकाउँदै ३० वर्षीया सानु माझी । तस्बिरः दीपेन्द्र रोका

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा निकालेको विरोध प्रदर्शन र्‍याली तथा कार्यक्रममा सहभागीहरु । तस्बिरः कबिन अधिकारी

पुनर्निर्माण सकिएपनि लेउ लागेर कुरुप बनेको रानीपोखरीको सरसफाइ गरिँदै । आइतबार र सोमबारदेखि नगरप्रहरीहरु पोखरीको सफाइमा खटिएका थिए । तस्बिरः अंगद ढकाल

सिंहदरबारको मुख्य प्रशासनिक भवनको पूर्वतर्फको भागमा काम गर्दै कामदारहरु । भूकम्पनका कारण क्षतिग्रस्त भएको मुख्य भवन रेट्रोफिटिङ गरिएको छ । यो भवनमा प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय भवनको रुपमा विस्तार गरिनेछ । तस्बिरः अनिश रेग्मी ।

कोरोना महामारीका कारण बन्द रहेका उपत्यकाका विद्यालयहरु आइतबारदेखि खुलेका छन् । भक्तपुरको ठिमीस्थित आदर्श माध्यामिक विद्यालय परिसरमा विद्यार्थीहरु । तस्बिर : केशव थापा

गत सोमबार रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगलागी । आगलागीबाट धेरै क्षति हुन पाएन । तस्बिरः दीपक केसी/कान्तिपुर


प्रकाशित : माघ १०, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्